पोखरा ९ मा आधुनिक कौसी खेती तालिम

2054
views

पोखरा । पोखरा महानगरपालिका–९ को वडा स्तरिय कृषि सञ्जालले दुईदिने आधुनिक कौसी खेती तालिम दिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले शहरीकरणको विकाससंगै करेसावारी पाउन मुस्कील भएको अवस्थामा कौसीमा खेती गरेर वातावरण स्वच्छ पार्नुका साथै केही आर्थिक समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनहर कडरीया र सुरोज चिलुवालले प्रशिक्षण दिएका थिए ।

तालिममा ६५ जनाको सहभागिता रहेको थियो भने कौसी खेतीको तालिमका साथै कम्पोष्ट मल वनाउन सिकाइएको उक्त तालिममा कम्पोष्ट मल वनाउने विन वितरण समेत गरिएको थियो ।

कृषि सञ्जालकी अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मी पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विमला रानााभाटले र संचालन सचिव शान्ति भुजेलले गरेका थिए ।