गुप्तेश्वर विराट कोटीहोम महायज्ञको तयारी तिब्र

673
views

महेन्द्र जिसी
पर्वत, २३, वैशाख । ऐतिहासिक शिवपुराण सामुहिक तुलादान एवं गुप्तेश्वर विराट कोटीहोम महायज्ञको तयारी तिव्र पारिएको छ । हिन्दुहरुका आराध्यदेव भगवान शिव, देवी, पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ति स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ जेठ १ देखि ११ गते सम्म सञ्चालन हुने महायज्ञको तयारी तिव्र पारिएको हो ।

देवी, पार्वतीको माइती घरका रुपमा परिचित पर्वतको पाङसँगै विश्वकै लामो सात तले गुफाका रुपमा चर्चित गुप्तेश्वर गुफा लगायत पर्वतका अन्य विभिन्न धार्मिक तिर्थस्थलहरुलाई समेटेर महायज्ञको आयोजना गर्न लागिएको हो ।

देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे यस ठाउँमा हुन लागेको विराट महायज्ञ तथा कोटीहुमका परिकल्पनाकार इश्वरकृष्ण जी महाराजले कथावाचन गर्नुहुने आयोजकले जनाएके छ ।

११ दिनसम्म सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महायज्ञमा ६ हजार भन्दा बढीले तुलादान तथा एककरोड अग्नी हुमन सञ्चालन हुनेछ । आयोजक अध्यक्ष पृथ्वीनारायण शर्माले बताए ।