उच्च अदालत बारको अधिबेशन सप्पन्न, निर्वाचित पदाधिकारीलाई सपथ

730
views

सीताराम थापा
बागलुङ । उच्च अदालत बार एसोसियन बागलुङको ४२ औ साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । ९ महिना अगाडि प्रगतिशिल र लोकतान्त्रिक समूहबिच अधिबेशनमा बिबादित बनेपछि हिजो पुनः मतदान भएको थियो ।

हिजो भएको मतदान प्रक्रियामा भने प्रजातान्त्रिक समुहले निर्वाचनमा भाग लिएनन् । अधिबेशनले अधिबक्ता हरी प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यिय समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिबक्ता काजिगाउँले श्रेष्ठले जानकारी दिए ।

समितिको उपाध्यक्षमा बद्रि प्रसाद शर्मा, सचिव रमेश खड्का, सह–सचिव ममता देवी शर्मा, कोषाध्यक्ष, बिष्णु प्रसाद शर्मा निर्वाचित भएका छन । सदस्यहरुमा राम बहादुर के.सी., उत्तम प्रसाद श्रेष्ठ, रामप्रसाद शर्मा, लक्ष्मि बास्कोटा, रामकृष्ण शर्मा, याम बहादुर चर्माकार, संजिव कुमार श्रेष्ठ, मथुरा ओम भारी रहेका छन ।

केन्द्रीय पार्षदहरुमा राजु प्रसाद गौतम, काजिगाउँले श्रेष्ठ, गोबिन्दराज गौतम, हरीकृष्ण सुवेदी चयन भएका छन् । निर्वाचन सम्पन्नपछि सपथ ग्रहण तथा पद बहालि कार्यक्रम आज सम्पन्न भएको छ । निर्वाचन समितिको संयोजक काजिगाउँले श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो ।