सबैभन्दा ठूलो बिस्केट जात्रा (रथयात्रा) सुरु

1384
views

ललितपुर । करुणामय देवता रातो मछिन्द्रनाथ रथयात्रा शुरु भएको छ । रथयात्रा पुल्चोकबाट गाःबहालसम्म पुर्याइएको छ । दोस्रो दिन गाःबहालबाट सुनधारा पुर्याइन्छ भने तेस्रो दिन सुन्धाराबाट लगानखेल तानेर पुर्याइन्छ । चौथो दिन लगनखेलमा साइत जुराएर लगनखेलकै इटी भन्ने ठाउँमा राखिन्छ ।

केही दिन त्यहाँ राखेर साइत जुराएर रथ तानी जाउला खेल पुर्याइन्छ । जाउला खेलमा चारदिन राखी भुतले चढाएको हिराले जडित कपडा वा भोटो सरकार प्रमुखहरुले चारै कुनाबाट देखाई यात्राको समापन गरिन्छ ।

समापनका दिन बेलुका रातो मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको बुंगमति गाउँमा लगिन्छ । अर्को वर्षको यसै समयमा बुंगमतिबाट ललितपुरको पुल्चोकमा ल्याई रथारोहण गरी फेरि तान्न सुरु गरिन्छ ।

एवम् रितले १२ वर्ष पुगपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमतिमा लगी बुंगमतीमै रथारोहण गरी तानेर पुल्चोकमा ल्याइन्छ ।

पुल्चोकबाट एवम् रितले जसरी वर्षै्पिच्छे मनाइन्छ, त्यसरी नै मनाई रथलाई बुंगमती पुर्याई १२ वर्षे मेला समापन गरिन्छ ।