राष्ट्रिय जागरण अभियानमा पर्वत काँग्रेस

705
views

महेन्द्र जिसी
पर्वत, २५, बैशाख । नेपाली काँग्रेस पर्वतले राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । अभियानको पुर्वमन्त्री एवं पार्टी सचेतक चिनकाजी गुरुङले उद्धघाटन गरेका छन् ।

गुरुङले गुटबन्दी अन्य गर्न र जनताको भावना मर्म बुझ्न देशव्यापी अभियान शुरु गरीएको बताए । कार्यक्रममा धेरै भाषण गर्ने, आसन ग्रहण, सौखीनपनको अन्त्यका लागि जागरण अभियान आवश्यक रहको उनले बताए । गुरुङले महिना दिने कार्यक्रमको तय भएर पर्वतबाट सोही अनुसार अभियान थालेको बताए ।
अभियान अन्र्तगत प्रत्येक वडा तहमा पुगेर कार्यक्रम, प्रशिक्षणसँगै जनतासँग बर्तमान सरकारको गतिविधिहरु पु¥याएर सचेतना जगाउने बताए ।

बुधबार बाट शुरु भएको औपचारीक जागरण अभियान पर्वतको दक्षीणी भेगबाट सञ्चालन गरीने पर्वत काँग्रेसले जनाएको छ ।

पार्टी सभापति खिम प्रसाद भुसालले फलेवास महाशिला, विहादी र पैयुँबाट गाउँ जागरण थालिने बताए ।

काँग्रेसले पार्टी भित्रको गुट र उपगुटको अन्त्यका लागि पनि गाउँ जागरण अभियान सफल रहेन पुर्व संसद ऋिषि केश तिवारीले बताए ।

कार्यक्रमको सञ्चालन पार्टी सचिव विश्व प्रकास प्रसाईले गरेका थिए । कार्यक्रममा गाउँ तहका नेपाली काँग्रेसका पार्टी कार्यकर्ताको सहभागिता रहको थियो ।