बागलुङमा डोजर पुरिंदा चालक घाईते

809
views

सीताराम थापा
बाग्लुङ, ३० बैशाख । जिल्लाको जैमिनि नगरपालिका वार्ड नं.–८ छिस्तीको जुङ्ग भन्ने ठाउँमा बाटो खन्ने काम भइरहँदा पहिरो खसेर डोजर पुरीएको छ । डोजर पुरीएपछि डोजर चालक घाईते भएका छन् ।

आज सोमबार बिहान साविक छिस्ती गा.वि.स वडा न.–४ स्थित पधेँरो सडक खण्ड निमार्ण गर्ने क्रममा एक्कासी आएको सुक्खा पहिरो खस्दा ना १. क. ६७४३ नम्बरको एक्साभेटर डोजर पूर्ण क्षती भएको हो ।

मकवानपुर जिल्लाको हेटौडा घर भएका डोजर चालक ज्ञानु लामा घाईते भएको जैमिनी नगरपालिका–१० पाही गाउका नागरिकहरुले देखेका थिए ।

माटोको ढिस्को खसेपछि पुरिएका घाईते लामालाई स्थानीयबासीले खोलेर उद्धार गरिएको छ । अवस्था जटिल नभए पनि उद्धार पश्चात घाईते लामालाई उपचारको लागि पोखरा ल्याउदै गरेको स्थानीय विष्णु भण्डारीले जानकारी दिएका छन ।