बहुउदेश्यीय किसान सहकारीको सहयोग

954
views

गोबिन्द तिमिल्सिना
हेमजा, ४, जेष्ठ । बहुउदेश्यीय किसान सहकारी सस्था पोखरा महानगरपालिका वडा न. २५ हेमजाले पोखरा वृद्धाआश्रम सितापाइला पोखरालाई सहयोग गरेको छ । संस्थाको १९ औं स्थापना दिवसको अवसर पारी सहयोग गरेको संस्थाका ब्यबस्थापक हरि त्रिपाठीले हामीलाई जानकारी दिए । सो अबसरमा आश्रममा रहेका ५५ असक्त वृद्धबृद्धालाई खाना खुवाइएको थियो ।

कार्यक्रममा आश्रमका प्रमुख संरक्षक बसन्त केशब पराजुलीले बृद्धा आश्रमको बारेमा भन्दै अहिलेसम्म बिभिन्न संघ संस्थाले सहयोग गर्दै आएको उल्लेख गरे । आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको उनले बताए ।

सोहि अबसरमा सहकारीका अध्यक्ष धर्मराज बास्तोलाले स्थापनाकालको अबसर पारि आश्रमलाई सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्दै संस्थाले गरेको सहयोग ठुलो नभएको बताउँदै बाबाआमासगँ आसिर्वाद लिने काम गरेको उल्लेख गरे ।

संस्थाका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन सचिब मोतिराम तिमिल्सिनाले गरे ।