सुविद्या सम्पन्न होटल माउण्टेन भ्यू सञ्चालनमा आउँदै

951
views

पर्वत । कुश्मा नगरपालिका–५ को लभ्लि डाँडामा ९ करोड भन्दा बढी लगानीमा होटल माउण्टेन भ्यू निर्माण भएको छ । होटल यहि आउँदो दशैंको अवसरमा ओपनिङ हुने र आन्तरिक एवं वाह्य पर्यटक सहितका सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गर्ने होटल माउण्टेन भ्यूका सञ्चालक ओम प्रसाद श्रेष्ठले जानकारी दिए ।

आन्तरीक तथा वाह्य पर्यटकहरुको सुविद्याका लागि निर्माण गरिएको उक्त होटल सदरमुकाम कुश्मा बजारकै उच्च ठाउँमा निर्माण गरिएको छ । सो होटल धौलागिरीकै सुविद्या सम्पन्न होटल मध्येको पहिलो र एकमात्र हो ।

होटलमा लिफ्ट, भ्युटावर, रिवाल्मिङ रेष्टुरेण्ट, २५ वटा एसी डिलक्स लगायतका सुविद्याहरु रहेका छन । विदेशी पर्यटकहरुलाई मनमोहक लाग्ने उक्त होटलमा विभिन्न किसिमका कलात्मक तस्विरहरु समेत निर्माण भएका छन् ।

देख्दै आर्कषक लाग्ने होटल माउण्टेन भ्यूबाट हिमालका दृश्यसँगै पर्वत र छिमेकी जिल्लाका महत्वपूर्ण स्थानहरुको अवलोकन गर्न सकिन्छ ।