त्रिशुलीमा बस खस्यो, पाँच जनाको मृत्यु

602
views

धादिङ, ५, जेठ । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा २९ जना घाईते भएका छन् ।

घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने अन्य घाईतेको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।