घरको जग खन्ने क्रममा दुई मजदुरको मृत्यु

613
views

वीरगन्ज । वीरगन्जमा घरको जगका लागि खनिएको खाल्डोमा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१४ बाइपासस्थित राजाराम जलानको मृत्यु भएको हो ।

घर निर्माणका क्रममा जगका लागि खनिएको खाल्डोमा काम गरिरहेकै बेला माथिबाट खसेको मोटोको ढिस्कोले पुरिएर तीनजना गम्भीर घाइते भएका थिए । घाइते दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही घर भएका ५० वर्षीय दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका– ४ चैनपुरका ५० वर्षीय जवाहिर हुन् । दशरथको तराई अस्पतालमा र जवाहीरको गण्डक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते परवानीपुर गाउँपालिका–४ कै ४५ वर्षीय राजेन्द्र रामको भने वीरगन्जकै न्युरो हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।