दुईसय ३५ ग्राम लागूऔषध सहित एक नेपाली भारतमा पक्राउ

1049
views

भैरहवा । नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट दुईसय ३५ किलो लागूऔषध हेरोईन सहित एक नेपाली युवा पक्राउ परेका छन् ।

रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतमलार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल जाने क्रममा २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरिएको एसएसबीले जनाएको छ ।

प्रहरीका अनुसार ३ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय ३५ ग्राम हेरोइन बरामद गरिएको हो । पक्राउ परेका गौतममाथि भारतीय कानुन अनुसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।