गरिबी र गणतन्त्र सँगसँगै रहँदैनन्–प्रधानमन्त्री

604
views

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन् । सरकारले गणतन्त्रबाट गरिबी हटाउनसुशासन र विकासलाई प्राथमिकता दिएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गर्दै ‘हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित छ । गरिबी र लोकतान्त्रिक गणतन्त्रसँगसँगै रहन सक्दैनन् भन्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना शन्देशमा उल्लेख गरेका छन् ‘सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन्,’ यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’