युरोपा लिगको फाइनल खेल, बाजीमा चेल्सी र आर्सनल ?

720
views

काठमाडौं । आज हुने युरोपा लिग फुटबलको फाइनल खेलमा उपाधिका लागि दुई इङ्लिस क्लबहरु चेल्सी र आर्सनल भिड्नेछन् ।

अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा आज राति हुने खेलमा इङ्ल्यान्डको लण्डनका दुई क्लबहरु भिड्न लागेकाले यो खेललाई बाकुमा हुने लण्डन डर्बीको रुपमा हेरिएको छ ।

सन् २०१३ को युरोपा लिग च्याम्पियन चेल्सी दोस्रो पटक यो उपाधिको खोजीमा छ । उसले सन् २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो । आर्सनलले भने अहिलेसम्म च्याम्पियन्स लिग र युरोपा लिग जित्न सकेको छैन ।

आजको खेललाई चेल्सी र आर्सनलका केही खेलाडीहरुको अन्तिम खेलको रुपमा समेत हेरिएको जनाएका छन् ।

स्पेसिन क्लब रियाल मड्रिडसँग नजिकिएका एडिन हाजार्डले यो खेलपछि चेल्सी छोड्ने निर्णय गर्नसक्छन् भने प्रशिक्षक माउरिजियो सारीलाई समेत चेल्सीले हटाउनसक्ने अनुमान गरिएको छ ।