निर्माण चरणमै चरम लापारवाही

877
views

महेन्द्र जिसी
पर्वत, २०, जेष्ठ । कुश्मा नगरपालिकाले चालु वर्षका ठुला योजनामा अनुगमन थालेको छ । अनुगमनका क्रममा पुर्वाधारका काममा गुणस्तर नभएको पाइएको छ । कुश्मा नगरपालिकाले वडा नं १ देखी थालेको ठुला पूर्वाधार विकासको काम गुणस्तरीय नभएपछि अनुगमन टोलीले असन्तुष्ट जनाएको छ ।

स्थानीयहरुले निर्माण कै क्रममा कम्जोरी भएका कारण नालीका काममा गुणस्तरीयता नभएको बताएका छन । वर्ष दिन पनि नटिक्ने गरी नगरपालिकाले बजेटको दुरुपयोग गरेको स्थानीयको भनाई रहेको छ । वडास्तर देखी जनप्रतीनिधि आएपनि पुर्वाधार निर्माणमा लापरर्वाही बढेको स्थानीयहरुले बताएका छन् ।

स्थानीय श्रीकृष्ण शर्माले आवश्यक अनुगमनको अभावमा विकास निर्माणको काममा लापरर्वाही हुँदै आएकोे बताए । आँफुहरुले वाडा कार्यालय देखी निर्माण समितिका पदाधिकारीहरुलाई जानकारी गराउँदा समेत चासो नदेखाएको उनले बताए ।

कुश्मा नगरपालिकाको वडा नं १ पाङको धैरेनी चोक वडा कार्यालय नुवार अर्चल खरीवोट हुँदै धैरेनी पुग्ने रिङ रोडको नाली निर्माणको काम गुणस्तरीय नभएको रेग्मीको भनाई छ ।

अनुगमनमा नगरपालिकाले २८ लाख खर्चिएर निर्माण गर्न लागेको ६ सय ५० मिटर सडकको नाली निर्माणकै क्रममा भत्किएपछि काममा लापरवाही बढेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

उपभोक्ता समिति मार्फत ठेकेदारलाई जिम्मा लगाएको नाली निर्माणको काम गुणस्तरीय नभएको भन्दै अनुगमन टोलीले आईतबार नाली भत्काएर फर्किएको हो ।

नगरपालिकाका ईन्जिनियर सञ्जय शर्माले नाली निर्माणको काम गुाणस्तरीय नभएका कारण भत्काएर पुननिर्माण गर्न लगाउने बताए । अब उक्त नालीको ल्याव टेष्टपछि मात्रै बजेट भुक्तानी हुने शर्माले स्पष्ट पारे ।

जनप्रतिनिधि सहितको अनुगमनमा नगरपालिकाको मुख्य सडकको नाली निर्माणमा चरम लापर्वाही भएका कारण गुणस्तरहिन काम भएको पाइएको हो । नगरपालिकालाई वडा तहसँग जोड्ने मुख्य सडकको नाली निर्माणको काम कमजोर भएको अनुगमनमा सहभागी कार्यपालिका सदस्यहरुले बताएका छन् ।

अनुगमन समीती संयोजक एवं उपमेयर सीता काफ्ले लामिछानेले केही पुर्वाधारमा काम गुणस्तर भएको पाइएको भएपनि केही पुर्वाधार निर्माणमा लापरवाही भेटीएको बताईन् ।

नगर पालिकाले प्रति वडामा ८० देखी ९० लाख बराबर विकासे पुर्वाधारमा खर्च गरेको छ । अनुगमनमा १४ वडा रहेको कुश्मा नगर पालिकामा सडक खानेपानी र सिंचाईमा धेरै बजेट विनियोजन गरीएको हो ।