बजारमा आँप किन्दै हुनुहुन्छ होशियार !

1198
views

महेश सिंह महतो
जेष्ठ, २०, सिरहा लहान । सिरहालगायतका विभिन्न ठाउँमा कारपेड हालेका आँप छयाप्छयाप्ती बिक्रि भईरहेको छ । नेपालको मुलुक देश भारतबाट व्यापारीहरुले आँपको राजधानी मानिएको सिरहामा अहिले भारतका विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको पाईएका छन ।

यहाँका स्थानीय किसानको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछाडि मात्र पाक्ने भएकोले भारतको विभिन्न स्थानका फलफूल गोदाममाहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु लहान, भगबानपुर, भोटीया चोक, छपरारी, धनगडी, जिरोमाईल, गोलबजार, मिरचैया सिरहालगायत सिरहा जिल्लाका विभिन्न ठाउँठाउँमा कार्बाईड हालेका आँप धामाधम बिक्रि भईरहेको स्थानियको भनाई छ ।

कार्बाइड लगायतका विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरूले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको यहाँका स्थानीयवासीहरुको गुनासो रहेको छ ।

आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ पाँच हजार सात सय ५५ हेक्टर जग्गामा आँप उत्पादन गरिन्छ । सिरहामा फल्ने आँप बिराटनगर, काठमाडौं, पोखरासहित चितवन, ईलाम, लगायत देशको बिभिन्न भागमा र भारतको अन्य छिमेकी मुलुकमा समेत निर्यात हुँदै आएको छ ।