निर्माण सम्पन्न अगावै मर्मत, ईन्जिनियरकै कम्जोरी

1311
views

महेन्द्र जिसी
पर्वत २१, जेष्ठ । कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने मोदी खोलामाथिको ३ सय ५९ मिटर लम्बाई र १ सय २८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भई नसक्दै मर्मत गर्न थालिएको छ ।

गएको वैशाखमा सर्वसाधरणका लागि खुल्ला गरीएको पुल सञ्चालनमा आएको महीना दिन नपुग्दै मर्मत थालिएको हो । पर्वतको सदरमुकाम कुश्मा बजारसँग पिपलटारी, ठुलीपोखरी, कार्कीनेटा, थापाथाना, शंकरपोखरी लगायतका दर्जन वडाहरु जोड्ने गरी मोदी खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन पुर्व नै मर्मत गर्न थालिएको छ ।

२०७५ सालमा निर्माण सुरु भएको पुलको सञ्चालनमा नआउँदै विग्रिनुले निर्माण नै कमजोर भएको स्थानीयले बताएका छन । निर्माण समिति सचिव कृष्ण पौडेलले जन प्रतिनिधि देखी जिल्ला तहबाट अनुगमन नभएका कारण पुल कमजोर बन्न पुगेको बताउनु भयो ।

ईन्जीनीयर कै कमजोरीका कारण निर्माण सकिएको पुलका लठ्ठा राख्ने कोठा पुन निर्माण गर्न परेको पौडेलले बताउनु भयो । सरकारी तवरको लापरवाहीका कारण पुलले जुन कुनै वेला दुखद निम्त्याउन सक्ने उपभोक्ता समितिको भनाई रहेको छ ।

दुई करोडमा निर्माण भएको पुल सम्पन्न भएपछि ज्ञादी, शंकरपोखी, खौलालाकुरी, पिपलटारीका बासिन्दाहरुलाई सदरमुकाम झर्न सजिलो भएको थियो । पुलमा आवातजावत गर्दा पुल बाँङ्गो र कमजोर भएको महसुस गर्दै स्थानीयबासीले विरोध जनाएपछि मर्मत थालिएको हो ।

पुलको लट्ठा कस्नेभन्दै अहिले पुलको वाल भत्काउन शुरु गरिएको छ भने पुलको दुवै साइटमा पुन मर्मतको काम भइरहेको छ । अहिले पुलको दुवै साईडको जाली निकाल्ने र लठ्ठाको साईड चिन्ने काम भईरहेको हो ।

मोदी खोलामाथि यस बडागाउँ ज्ञादी र बडगाउँ झोलुङ्गे पुल निर्माण भईसहेको छ । कालिगण्डकीमा पनि कुश्मा मुडिकुवा र कुश्मा कैया लामा झोलुङ्गे पुल निर्माण भईसकेका छन् । यो चौथो लामो र अग्लोपुल निर्माण कै क्रममा कमजोर भएपछि मर्मत थालिएको हो ।