पर्वतलाई अन्तराष्ट्रिय जगतमा चिनाउँछौ–पन्त

1062
views

निर्मल पौडेल
पर्वत, २१, जेष्ठ । पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष कस्तुप पन्तले कला साहित्य र पत्रकारिताको माध्ययमबाट जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउने बताएका छन् । जिल्लाका लोक कला, साहित्य, संस्कृति र पत्रकारितालाई संवोधन गर्नेगरि पर्वत कलाकार समाज स्थापित गरिएको र यसै संस्था मार्फत जिल्लालाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने बताएका हुन् ।

मंगलवार सदरमुकाम कुस्मामा पत्रकारहरु संगको अन्र्तकृयामा पन्तले पर्वत लोक कला र साहित्यको खानी भएको भन्दैे पर्वतमा जन्मेर विभिन्न क्षेत्र र विधामा योगदान पु¥याउने तथा कलम चलाउने हरेक व्याक्तिहरु लाई संस्थामा एकिकृत गर्दै पहिचान दिलाउने वताए ।

लोक गित संगित, आधुनिक गित संगितको मात्र नभएर भाषा कला साहित्य हाँस्यकला पत्रकारिता लगयातका विभिन्न विधाका व्याक्तित्वहरु लाई समेटेर अगाडि वढ्ने पन्तको भनाई रहेको छ । पुर्ण स्वतन्त्र र साझा संस्थाका रुपमा स्थापित गर्दै समग्र पर्वत र पर्वतहरुको हित लाई केन्द्रमा राखेर पर्वत कलाकार समाज गठन भएको जानकारी दिँदै पन्तले यत्रतत्र रहेर कला साहित्य र पत्रकारीता गर्ने हरु त्यस्तै विशिष्ट प्रतिभा भएर पनि ओझेलमा परिरहेकाहरु लाई संस्थामा आवद्ध गर्दै अगाडि वढ्ने वताए ।

यस्तै उनले काठमाण्डौमा पर्वत साँगितीक साँझ कार्यक्रम गर्ने योजना रहेको सुनाउँदै उक्त कार्यक्रममा पर्वते अग्रज तथा अनुज कालाकारहरु कोहिपनी नछुट्ने वताए । काठमाण्डौ पछाडी पर्वतमा पनि सांगितिक कार्यक्रम गर्ने योजना रहेको जानकारी गराएका थिए ।

केहि समय अगाडि राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पर्वत कलाकार समाजका संस्थापकहरु लाई सम्मानित गरिएको जानकारी दिँदै पन्तले आगामी दिनहरुमा अन्य व्याक्तिहरुलाई सम्मानित गर्दै जाने वताए ।