मेयर चौधरीलाई कारवाही गर्न माग

605
views

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीलाई कानूनी कार्वाहीको माग गरेका छन् ।

बिहीबारको संसद बैठकको शून्य समयमा सांसदहरुले सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्ने मेयर चौधरीलाई कारवाहीको माग गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदद्वय सुजाता परियार र हिरा गुरुङले मेयर चौधरीबाट सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए ।