सात वर्षिया बालिकाले ल्याईन ‘प्रदेशी बाबा’ (भिडियो सहित)

1867
views

सन्देश लामिछाने । नेपाली गीत संगितले समाजमा भएका धेरै वास्तविक घटना र भोगाईलाई गीतको रुपमा माला बनाएर दर्शक स्रोता सामु ल्याउने गरेको छ । यसै क्रममा एउटा वास्तविक घटनामा बनेको निकै उत्कृष्ट गीत ‘परदेशी बाबा’ भर्खर मात्र सार्वजनिक भएको छ ।

गीत गाउने बालिका दीपिका कँडेल बल्ल सात बर्षकी भइन । उनका बाबु आमा कामको शिलशिलामा जापानमा रहेका छन । उनी अहिले मामा घर बसेर स्कुल जान्छिन । उनको यहि बास्तविकतामा आधारीत भएको गीत उनकै आवाजमा सार्वजनिक भएको छ । गीतमा बाबाको भुमिकामा उनका ठुला बाबा जीवन कँडेलले आवाज दिएका छन ।

दिपिका कँडेलको यो बस्तविकता भने उनका आफै पिता दिपक कँडेलले शब्दमा उतारेका हुन भने गीतमा लय अर्का लोकप्रिय सर्जक प्रेम सापकोटा सोनुले गरेका छन । गीत बास्तविक भएकै कारण निकै राम्रो बनेको छ ।

परदेशी बुवा आमाको बाटो कुर्दै
गीतमा छोरीको भुमिकामा गायिका दिपिका कँडेल आफैले अभिनय गरेकी छन भने बाबाको भुमिकामा सर्जक तथा मोडल कृष्ण आचार्य अभिनय गरेका छन । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने प्रकाश धमलाले सम्पादन गरेका छन साथै सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । दिपिका म्युजिकको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।