महानगरले सबै अधिकार आफ्नो मुठ्ठिमा राखेको वडा अध्यक्षको भनाई

455
views

पोखरा, २३, जेठ । पोखरा महानगरपालिका वडा कार्यालय ९ मा आर्थिक वर्ष २०७६÷७७ को लागि वडा स्तरिय योजना छनोट सम्बन्धि छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले महानगरले आर्थिक वर्ष २०७६÷७७ को लागि तयार गर्ने योजना अन्योलको स्थितिमा रहेको बताउनुभयो ।

विगतमा वडा स्तरिय योजना महानगरले सिलिङ्गको व्यवस्था गर्दै आएको र वडामा आएका योजनालाई प्राथमिकताको आधारमा वडा तह बाट नै एकिन गरेर काम गर्दै आएकोमा हाल महानगरले सबै अधिकार आफनो मुठ्ठिमा कव्जा गरेको उहाँले बताउनुभएको छ । घर घरमा सिंहदरबारको अधिकार भन्ने तर अधिकारमा महानगरको मात्र एकाधिकार रहने निणर्य गलत रहेको उहाँको भनाई थियो । जनप्रतिनिधिलाई काम गर्न पठाउने तर हात भने बाधिने काम भएको हुँदा यस विषयमा वडा नं ९ मात्रै नभई सबै सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै महिला सदस्य राममाया मानन्धरले योजना सबै टोल टोलबाट लिएको र गत वर्ष बाँकी रहेका योजनालाई प्राथमिकतामा पारिने बताउनुभयो ।

छलफलका क्रममा अधिकांश वक्ताले वडा नं. ९ प्रदेशकै राजधानी भएको हुँदा उक्त वडा अन्य वडाको तुलनामा पृथक हनुपर्नेमा जोड दिएका थिए । शिक्षा, वातावरण, महिला बालबालिका, जेष्ठ नागरिक तथा दिर्घकालिन भौतिक संरचनालाई प्राथमिकतामा राख्नुपर्ने समेत उनीहरुको बताएका छन् ।

वडामा रहेका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा भएको उक्त कार्यक्रमको सन्चालन वडा ९ का सचिव लोकदर्शन कोइरालाले गर्नुभएको थियो ।