लुटेरामाथि प्रहरीले गोली ठोक्यो, चारजना पक्राउ

762
views

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तमाथि गोली प्रहार गरेको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका एसएसपी सहकुलबहादुर थापा अनुसार तामाङको खुट्टामा गोली लागेपछि भाग्न असफल भएका छन् । घाईते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बिहीबारमात्रै हतियार देखाएर लुटपाट गर्ने समूहका चार जना पक्राउ परेका थिए । सोही समूहका तामाङ भने फरार थिए ।

छिरिङको समूहले उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्दै आएको थियो । महाशाखाको टोलीले समूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिङलाई पक्राउ गरेको थियो ।