जीवन र मृत्युको लडाईमा पर्वत सेवा समाजको सहयोग

687
views

निर्मल पौडेल
पर्वत, २४ जेष्ठ । पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका ब्रेन ट्युमर पीडित जगदिश पौडेललाई पर्वत समाज जापानले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा पौडेलको उपचारमा समस्या भएको र सहयोगको अपिल गरिएका वेला पर्वत सेवा समाज जापानले रु ८० हजार ३ सय ६० सहयोग गरेको हो ।

लिमिठानामा घर भई हाल जापानमा रहेका अनिल पन्तको संयोजनमा पर्वत समाज जापानले आर्थिक सहयोग गरेको हो । उक्त रकम पीडितका दाजु रमाकान्त पौडेल लाई आई एम.ई मार्फत उपलव्ध गराएको स्थानिय अशोक पौडेलले जानकारी दिएका छन् । पीडितको दयनिय अवस्था देख्दा निकै भावुक वनाएको र थोरै भएपनी दुखको घाउमा मल्हम होस भनेर सक्दो सहयोग गरेको अनिल पन्तले वताए ।

रकम वुझेपछी पीडितका दाई रमाकान्त पौडेलले आपतको वेला सहयोग गर्ने पर्वत समाज जापान लगायत अनिल पन्त र अन्य सहयोगी मनहरु लाई धन्यवाद व्यक्त गरे । पीडित पौडेल अहिले काठमाण्ठौको अन्नपुर्ण न्युरो अस्पतालको ३०९ नम्वर वेडमा जीवन र मृत्युसंग लडिरहेका छन् ।

उनको उपचारमा अहिले सम्म ४ लाख भन्दा वढिको खर्च भएको र अझै ५ लाख भन्दा वढि लाग्ने अस्पताल स्रोतले वताएको पीडितका दाजु पौडेलले जानकारी दिएका छन् । अझै ५ लाख भन्दा वढि लाग्ने डाक्टरहरुले वताएकोले सक्दो सहयोग गरेर जीवन वचाईदिन पीडितले आग्रह गरेका छन् । पौडेल यतिवेला काठमाण्डौको न्युरो अस्पतालको ३०९ नम्वरको वेडमा जीवन र मृत्युसंग लडिरहेका छन् ।

खेती किसानी गरेर जीवन गुजारा गर्ने पौडेलको परिवारमा यतीवेला अनयासै ठुलो वज्रपात परेको छ । अस्पतालको ३०९ नम्वर वेडमा छट्पटाईरहेका छन् तर अव उपचार गर्न आर्थिक अभाव भएको छ । हात थाप्ने ठाउँपनि अन्त कतै छैन। सानो सात वर्षको छोरा दुई छोरीहरु र श्रीमती विन्दु पौडेल मुर्छित भएर पौडेलको नजिकै वसिरहेका छन् ।

उपचारमा अहिलेसम्म गाउँलेहरुले जम्मा गरेको र आफन्तहरुले जोडजाड पारेको ३ लाख खर्च भैसकेको छ । अझै करिव ५ लाख जति लाग्ने अस्पताल स्रोतले बताएको छ । पौडेल परिपवारमा अव माग्ने र हात थाप्ने ठाउँ अन्त कतै पनि छैन ।

विरामीको छेवैमा रहेकी श्रीमती विन्दुले भक्कानिएर रुँदै भनिन् “जिन्दगीमा यस्तो पनि हुने रहेछ, हामीलाई मात्र किन यस्तो हुन्छ ? कृपया मेरो श्रीमान् लाई सहयोग गरेर वचाइदिनुहोस्, यहाँ लाई केही भैहाल्यौ भने म के गरुँलारु यी साना छोराछोरी हरु गरुला वोली पुरा पनि गर्न सकिनन् ।” शल्यकृया पश्चात पौडेल अर्धचेत अवस्थामा पल्टिरहेका छन् । घरीघरी होसमा आउँदा उनी भन्छन् “म वाँच्न चाहन्छु कोही मलाई वँचाई दिनुहोस् । ” यत्ति मात्र वोल्छन् । डाक्टरले धेरै वोल्न पनि नहुने वताएको छ ।

१२ दिनअगाडी एक्कासी ढलेपछी वुटवलको अस्पतालमा लगेर उपचार गराउँदा व्रेन ट्युमर भएको थाह भएपछी थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको हो । अहिले अन्नपुर्ण न्युरो अस्पतालको ३०७ नम्वर वेडमा रहेका छन् । लिमिठानामा जीवन गुजारा नचलेपछी साना नानीहरु र श्रीमती लिएर रोजगारको लागि भैरहवा गएर दिनभर काम गर्ने र साँझ विहान चुल्हो वालेर गुजारा चलाउँदै आएका थिए ।

अहिले आँफु जीवन मृत्युको दोसाँधमा रहेर जीन्दगीको भिख मागीरहेका छन् । सानै उमेरमा वुवा गुमाएका र वाँकी जिन्दगीका हरेक मोडहरुमा अत्यन्तै कष्ठकर दिनहरु विताईरहेका पौडेललाई एक्कासी यति ठुलो वज्रपात परेको हो । जिन्दगीभर पौडेलले कहिल्यै सुखमा अनुभुति गर्न पाएनन् । पौडेलले वुवा गुमाएपछी उनका दाईले हुर्काई वढाई गरेर यतिसम्म पु¥याएका थिए ।

विरामी भएको थाहा पाएर रन्थनिएर भाईको उपचारका लागि दाई रमाकान्त पौडेलले छिमेकमा जोरजाम पारेर लगेको पैसो सकिएपछी पौडेलको अवस्था अहिले विजोग भएको छ । दाई रमाकान्त पौडेलले पनि गहभरी आँसु पार्दै भने “कस्लाई के भनौ खै भगवान पनि कति निष्ठुरी निर्दयी हुँदो रहेछ जो होचो उस्का मुखमा घोचो, हामी गरिव लाई नै यतीठुलो घात ग¥यो ।” अव खर्च गर्ने पैसा छैन खोजेर ल्याएको सवै सकियो ,कसैले सहयोग गरिदिए भाईलाई वँचाएर घर फर्किने आसामा पौडेल । वाँकी डाक्टरको हातमा । मानवियता दर्शाएर सहयोग गर्न इच्छुकले पीडितका दाजु रमाकान्त पौडेलको मोवाईल नम्वर ९८४७६४५६९४ मा सम्पर्क गर्न सक्नुहुनेछ । जिन्दगीमा आपत सवैलाई पर्छ तपाईको सानो सहयोगले पौडेलले नयाँ जीवन पाउने छन् ।