रुपन्देहीको १६ वटै स्थानीय तहमा देजमोको उम्मेदवारी दिने तयारी

678
views

बुटवल । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दोस्रो चरणको निर्वाचनमा रुपन्देहीको १६ वटै स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । रुपन्देहीको एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिकाका गरी १६ स्थानीय तहमा मोर्चाले उम्मेदवारी दिन लागेको हो । जेष्ठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको मिति नजिकिदैं जाँदा मोर्चाले उम्मेदवार चयन र चुनावी प्रचार अभियानलाई तीब्र पारेको हो । मोर्चाले सबैं तहको उम्मेदवारी तय गरिसकेको र दुई–तीन दिनभित्र बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी सार्वजनिक गर्ने नेकपा (क्रान्तिकारी माओवादी)का अवध राज्य समितिका इन्चार्ज रहेका नेता प्रेमनाथ सुवेदीले जानकारी दिए । देजमोले स्थानीय तहको निर्वाचनलाई स्थानीय निर्वाचनलाई क्रान्तिकारी उपयोगको नीतिका रुपमा लिदैं उम्मेदवारीको अन्तिम तयारी गरेको जनाएको छ । मोर्चाका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार अभियान, घरदैलो, जनभेटघाट, भेला, बैठक जस्ता गतिविधिलाई अगाडि बढाइएको नेता सुवेदीले बताए ।