सहमतिपछि रसुवागढी नाकाको चक्काजाम खुल्यो

817
views

रसुवा, ३० जेठ । पालो सिष्टमको माग गर्दै बन्द गरिएको रसुवा नाका खुलेको छ । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै आएका व्यावसायिसँग भएको छलफल र सहमति पछि रसुवागढी नाका खुलेको हो ।

चक्काजाम गर्ने व्यावसायि, राजनीतिक दल र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई पालोको हिसाबले मालसामान लिन जान पाउनुपर्ने माग पूरा भएको बताइएको छ ।

केरूङ जाने क्रममा चक्काजाम गरी टिमुरे क्षेत्रमा रोकिरहेका १०० सवारीसाधन क्रमशः प्रस्थान भइरहेको र केरूङबाट सामान बोकी आएका स्याउका ६७ ट्रक कन्टेनर नेपाल प्रवेश गरिसकेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।