वडाध्यक्षको कुटपिटबाट दुई स्थानीय घाइते

369
views

महेश सिंह महतो
सिरहा, ३० जेष्ठ । सिरहाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडा अध्यक्ष र उहाँ सम्बन्धित व्यक्तिको कुटपिटबाट दुई स्थानिय घाईते भएका छन् ।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–१० वडाको सडक र नालाको विषयमा भएको बिबादले पैन्चैतिमा कल्याणपुर नगरपालिका ११ का वडा अध्यक्षको कुटपिटबाट स्थानिय वडा नं १० का ६५ बर्षिय किसुनदेव यादव र उहाँका २१ वर्षीय छोरा सञ्जय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएका छ ।

सामान्य नालाको विषय लिएर कल्याणपुर नगरपालिका वाड नं १० मा पैन्चैतिको लागि बसेका वेला ११ नं का वडा अध्यक्ष राजेश्वर यादब सहित उहाँका आफन्तको कुटाईबाट घाइते भएको पीडितहरुको भनाई रहेको छ ।

यता कल्याणपुर नगरपालिका ११ का वडाअध्यक्ष राजेश्वर यादवले भने ाफुलाई बदनामी गराउने उद्वेश्यले कुटपीट गरेको हल्ला फैलाएको बताए ।

वडा नं १० का अध्यक्ष धनवीर मण्डल धानुकसँग विवाद विषयमा बुझ्दा विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत जानकारी नभएको बताए ।

घाईते ६५ वर्षीय किसुनदेब यादवको नाकमा चोट लागेको छन भने उनका २१ वर्षिय छोरा संजय यादवको हातमा काटिएका छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको र घटनाको विस्तृत जानकारीपछि मात्र सत्य तथ्य आउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डि.एस.पी. सुकदेव खनालले बताए ।