देउवाले नै रोष्टम घेराउको नेतृत्व गर्नुभयो–ओली

600
views

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले काँग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले बोल्न पाउनुपर्दछ भनेर अलोकतान्त्रिक व्यवहार देखाएको बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकनै अवरुद्ध पारेर काँग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्य चकित भएको बताए । प्रधानमन्त्री ओलीले हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन् मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्टम घेराउको नेतृत्व गरेर अघि बढ्को देख्दा आश्चर्यचकित भएको बताए ।

लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको शासनविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट देखा परेको छु, प्रधानमन्त्रीले भने, विभिन्न प्रकारका तत्वहरू देखा परेका छन्। अति बामपन्थी, उग्रपन्थीदेखि अति दक्षिणपन्थी र प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ । त्यसको प्रतिविम्ब संसदमा पनि देखिएको प्रधानमन्त्रीको भनाई थियो ।