गोकर्णेश्वरमा गाडी दुर्घटना, सहचालकको मृत्यु

467
views

काठमाडौं । सुन्दरीजलबाट गोकर्णेश्वर हुँदै रत्नपार्क आउँदै गरेको बस काठमाडौंको गोकर्णेश्वरमा दुर्घटनामा परेको छ । र्दुघटनामा एकजनाको मृत्यु भएको छ । ३० यात्रु घाइते भएका छन् ।

बा १ ख ८७४४ नम्बरको बस दुर्घटनामा सहचालकको मृत्यु भएको महानगरीय प्रहरी परिषद् टेकुले जनाएको छ । प्रहरीले सहचालकको मृत्यु भएको जानकारी दिए पनि उनको सनाखत भने हुन सकेको छैन ।