कुहिने फोहोर संकलन गर्दा सडक दुर्गन्धित

705
views

पर्वत । कुश्मा नगरपालिकामा कुहिने फोहोर संकलन गर्दा गाडीबाट बगेको फोहोर पानीले सडक दुर्गन्धित बनेको स्थानीयले गुनासो गरेका छन् । गाडीमा ड्रम लगायतका सामानको व्यवस्था नभएको र नगरवासीले संकलन गरेको फोहोर सिधै गाडीमा राख्दा गाडीबाट सडकमा चुहिएको रसायनले गर्मीको समयमा दुर्गन्ध फैलाएको प्रकाश सुवेदीको भनाई छ ।

नगरवासीको घरघरबाट जम्मा भएको कुहिने फोहोर संकलन गर्दा गाडीमा ड्रमको व्यवस्था भए सडक दुर्गन्ध हटाउन सकिने ईन्द्र बहादुर श्रेष्ठ वताउँछन् ।

कुश्मा नगरपालिकाले कुहिने र नकुहिने फोहोरका लागि सेवा शुल्क उठाएपनि दुर्गन्ध हटाउन खासै पहल गरेको छैन ।