टर्कीको इस्तानवुलमा सत्तारुढ एके पार्टी पराजित

590
views

टर्की । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलको नगर प्रमुखका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ । निर्वाचनमा विपक्षी दलका उम्मेदवार एक्रिम इमामोग्लु झन्डै ५४ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।

इमामोग्लुका प्रतिद्वन्द्वी रहेका देशका पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्वीकार गरेका छन । इमामोग्लुुले प्रतिद्वन्द्वीलाई सात लाख ७५ हजारभन्दा भन्दा बढीको मतान्तरले पराजित गरेका हुन । राष्ट्रपति रेजेप तैयप एर्डोगानले विजेतालाई बधाई दिएका छन् ।

निर्वा्चित भएपछि इमामोग्लुुले मत परिणाम सहर र देश दुवैका लागि नयाँ सुरुवात भएको प्रतिक्रिया दिएका छन् । मार्चमा भएको निर्वाचनमै इमामोग्लुुले जित हासिल गरेपनि सत्तारुढ एके पार्टीले अनियमिताको आरोप लगाएपछि पुन निर्वाचन भएको थियो । इस्तानबुलमा २५ बर्षपछि विपक्षी दलले जीत हासिल गरेको हो ।