कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट

771
views

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट गराइएको छ । नगरपालिकाको कार्यालयमै बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

राति १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले १ जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि बिहान डिस्पोजका लागि टिम बोलाइएको थियो । तर, डिस्पोज टिम पुग्नु अगावै बिहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।