पर्वतको महाशिला गाउँपालिकाको बजेट ३५ करोड

606
views

पर्वत, १० असार । पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ करोड ७४ लाख ५१ हजार २ रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यन्वयनका गर्नका लागि गाउँपालिकाले चालुखर्चमा राजश्वबाँडफाँड र आन्तरिक आयबाट प्रशानिक चालु खर्च २ करोड ८० लाख १० हजार र ससर्त तर्फ संघीय सरकारको तोकिएको कार्यक्रम र अनुसूची ६ मा बाँडफाँड भएबमोजिम १२ करोड ८० लाख र सामाजिक सुरक्षा तर्फ ३ करोड रुपैया रहेको छ ।

त्यसैगरी पुँजीगत खर्च तर्फ कार्यालय व्यवस्थापनमा ९लाख ५० हजार, पूँजिगत खर्च क्षेत्रगत रुपमा आर्थिक विकास क्षेत्रमा रु ३ करोड, ७४ लाख ४० हजार र सामाजिक विकास क्षेत्रमा १करोड ४५ लाख ४५ हजार रुपैया बिनीयोजन भएको छ ।