हाँस्य टेलिश्रंखला ‘चुरीफुरी डटकम’

1640
views

काठमाडौ । एपी वान टेलीभिजनबाट प्रशारित हाँस्य टेलिश्रृंखला “टेन टु फाइभ” को सफलतापछि निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित नयाँ हाँस्य टेलिश्रृंखला “चुरीफुरी डट कम” आजबाट बोधी एच डि च्यानलमा प्रशारण सुरु भएको छ ।

नेपालको समसामयिक घट्नालाई दुरुस्ट देखाउने प्रयास गरिएको हांस्य टेलिश्रृंखला ‘चुरीफुरी डट कम’ मा अधिकाँस कलाकार पुरानै छन । केही नयाँ कलाकारहरुको अभिनय पनि रहेको छ । नेपालका चर्चित कलाकारहरुको अभिनय रहेको हांस्य टेलिश्रृंखला “चुरीफुरी डट कम” मा निर्मल शर्मा, कमलकान्त मैनाली, रजनी केसी, केशव भट्टराई, सुवास गजुरेल, घनश्याम गौतम, मुकुन्द मैनाली, रवि शर्मा “घाटो”, गजित बिष्ट, खुश्बु खड्का, सुरेश तिमिल्सिना, सुनिता श्रेष्ठ, योगेन्द्र श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

कमलकान्त मैनालीको कथा रहेको सो हांस्य टेलिश्रृंखलामा गीतको शब्दमा शान्ति प्रिय, संगितकार शम्भुजित बास्कोटा, क्यामेरामा राजु केसी, सम्पादन चन्दन दत्त रहेका छन ।

खुशी खुशी फिल्मको प्रस्तुति रहेको सो हांस्य टेलिश्रृंखला “चुरीफुरी डट कम” लाई ईमाइली लामा र रमेश एम के पौडेलले निर्माण गरेका छन ।