लहानमा लागु औषध सम्बन्धि एकदिने कार्यक्रम

726
views

महेश सिह महतो
सिरहा, १२, असार । सिरहाको लहानमा एक दिने लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार श्री पशुपति आदर्श माविमा गरिएको छ । लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

ईलाका प्रहरी कार्यालय लहानको आयोजनामा भएको कार्यक्रममा लहान नगरपालिका भित्रका प्याराडाईज स्कुल, ल ल कु.मा.वि. र म्यारी ल्याण्ड स्कुलका कक्षा ९ र १० गरी जम्मा २ सय जना विधार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख मुनि साह पनि सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता ईलाका प्रहरी कार्यालय लहानका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक विजय यादवले गरेका थिए ।