एसईईको नतिजा, १६ हजारले ल्याए ‘ए प्लस’

713
views

भक्तपुर । यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन् । ४ हजार ९६० ले ए जीपीए, जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा यस्तै, ७४ हजार ११० ले बी जीपीए जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् ।

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याएका छन् । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा रहेका छन् । ९७ हजार २९९ ले सी प्लस ल्याएका छन् । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जना छन् । जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् ।

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन् । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याएकामा १८६६ छात्र र २५६३ छात्रा छन् ।

गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए । परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको हो । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

त्यसैगरी टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सकिने छ। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ ।