‘मेरो प्यारो ओखलढुङ्गा’ म्युजिक भिडियोमा

1964
views

पर्वत । कविदेखी कलाकारको नजरमा मेरो प्यारो ओखलढुङ्गा इतिहास बनेको छ । यहि ओखल ढुङ्गालाई राजन श्रेष्ठ र सरिता श्रेष्ठले आफ्नो आवाजमा गित मार्फत सार्वजनिक भएका छन् ।

मौलिक लोक लयमा आधारित ‘प्यारो ओखलढुङगा’ गीतको भिडियो सार्वजनिक भएको हो । गितको म्युजिक भिडियोमा ओखलढुङगा जिल्लाका विभिन्न रमणिय स्थानहरुको वर्णन गरिएको छ ।

सरिता श्रेष्ठको शब्द तथा लय सिर्जना रहेको गितको म्युजिक भिडियोको छायाँकन तथा सम्पादन दिनेश मुस्कान, कोरियोग्राफी निशान एस.के, र निर्देशन अर्जुन पन्तले गरेका छन् । गितलाई न्यू अन्जना डिजिटल मिडिया प्रालीले बजारमा ल्याएको हो ।