रसियन नागरिक पक्राउ

654
views

हरि वास्तोला
पोखरा, १७ असार । अवैधरुपमा पोखरामा वस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता , पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात विना वस्दै आएका रसियन नागरिक निकोलाय ओलेगबीच भोर्नेभलाई पोखरा ६ खहरेबाट पक्राउ गरेको हो ।

पोखराको पर्यटकीय स्थल लेक साईड क्षेत्रमा माला, क्यूरियो लगायतका सामाग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय पोखरामा बुझाएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।