कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

558
views

काठमाडौं । कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराएको छ । खेलको १२ औं मिनेटमा मेसीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७ औं मिनेटमा मेसी र चिलीका मेडल दुबैले रातो कार्ड पाए । लियोनल मेसीले करियरकै दोस्रो रातो कार्ड पाएका हुन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेसीले चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेसीको १४ वर्षयताकै पहिलो हो ।

पहिलो हाफमा अर्जे्न्टिनाले २–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टी मार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित भयो ।