कसरी भागे भैंसेपाटी हिरासतबाट तीन थुनुवा ?

682
views

काठमाडौं । गएराति महानगरीय प्रहरी प्रभाग भैंसेपाटी हिरासतबाट तीन जना थुनुवा भागेका छन् । हिरासतलाई पहरा दिइरहेका प्रहरीलाई छलेर थुनुवाहरु फरार भएका हुन् ।

फरार भएकामध्ये एक जना लागुऔषध र बाँकी दुई जना डाँका मुद्दाका रहेको प्रहरीको भनाई छ । हिरासतबाटै थुनुवा भाग्दा प्रहरीको सुरक्षामा गम्भिर प्रश्न उब्जिएको छ ।

घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिए । उनका अनुसार फरार भएकाहरुको खोजी कार्यलाई तिब्र पारिएको छ ।