दैलेखमा मर्यादित महिनावारी मैत्री बनाउन रणनीतिक गोष्ठी

1076
views

सीताराम थापा
बाग्लुङ । नेपालमा मर्यादित महिनावारी सम्बन्धमा तीन दिवसिय रणनैतिक कार्यशाला गोष्ठी दैलेख जिल्लामा सम्पन्न भएको छ ।

विद्यालय शिक्षक, बाल क्लब प्रतिनिधि, महिला समुहका अगुवा, पुरुष समुहका अगुवा, परम्परागत नेतृत्व, रजनीतिक दलका प्रतिनिधि, साझेदारी संस्थाका सामाजिक अभियान्ताहरुले गोष्ठीमा सैद्वान्तिक र ब्यवहारीक अभ्यास गरेका थिए ।

गोष्ठीमा महिनावारीको बुझाईबारे धारणा परिवर्तन, संवैधानिक र कानूनी प्रावधान, सामाजिक, धार्मिक समस्या र अवस्था पहिचान, महिनावारी सेनेटरी प्याड र मितेरी जैविक प्याड र समाधानका लागि सहभागितामुलक रणनीतिक योजना निर्माण गरिएको खोजमुलक सामाजिक अभियान्ता एवं लेखक राधा पौडेलले बताए ।

राधा पौडेल फाउन्डेसन नेपाल काठमाण्डौको मुल संयोजन र सोसेक नेपाल, महाबु गाउँपालिका वडा नं २, को सहकार्यमा गरिएको गोष्ठीमा बागलुङ र चितवनका साझेदारी सामाजिक अभियान्ताहरु समेत आमन्त्रित सहभागिता रहेको फाउन्डेशनका संयोजक अनुपा रेग्मीले जानकारी दिईन् ।

सदियौ देखि समाजमा जरा गाडेर बसेको महिनावारी समस्याले सिंगो नेपाली समाज मानव अधिकार बाट बञ्चित हुनुपरेको र मर्यादित महिनावारी मैत्री बनाउन सबैको जिम्मेवारी आवश्यक भएको गोष्ठीका सहभागी अभियान्ताहरुको बुझाई थियो ।

गोष्ठीले मर्या्दित महिनावारी मैत्री समाज निर्माण गर्ने खोजमुलक र कार्यमुलक अनुसन्धानको सुरुवात भएको प्याड विमिन एवं मदन पुरस्कार बिजेता अभियान्ता राधा पौडेलको भनाई थियो ।

स्थानिय महाबु गाउँ पालिकाका प्रतिनिधिले मानव अधिकार संग जोडिएको यो अभियानमा सहकार्य गरेर केही बर्षमै समाधान गर्न पहल गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।

अभियान्ता एवं विज्ञ राधा पौडेल, अनुपा रेग्मी, र दुर्गा गिरीको सहजीकरणमा विकट दैलेख जिल्लाको महाबु गाउँपालिका वडा नं. दुई र तीनका करीब ६० जना सहभागी अगुवाको समावेशितामा आधारित सक्रिय सहभागिता रहेको थियो ।