पूर्वपश्चिम राजमार्ग अवरुद्ध, रौतहटका बस्ती डुवानमा

924
views

रौतहट । पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्गमा सवारी साधन आवागमनमा अवरुद्ध भएको छ ।

राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन । केही सवारी साधन बाढीमा पसेका थिए । प्रहरीले ती गाडीलाई निकालेको छ ।

तीन दिनदेखि भएको अविरल वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका एक दर्जनभन्दा बढी बस्तिमा पानी पस्न थालेको छ ।

बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर, गढौ लगाएतका बस्तीहरु डुवानको जोखिममा छन् । बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदिमा पानीको बहाव उच्च हुँदै गएको छ ।