उद्वारका लागि आठहजार सेना परिचालित

1119
views

काठमाडौं । देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढीरपहिरो प्रभावित क्षेत्रमा उद्वार कार्यका लागि आठहजार नेपाली सेना परिचालित भएका छन् ।

नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा आठहजार सेना परिचालन भई उद्वारको कार्यलाई जारी राखिएको सैनिक निर्देशनालयले जनाएको छ ।