दोस्रो चुनावमा भाग नलिने भन्दै संघीय गठबन्धनले गर्यो आन्दोलनको घोषणा

604
views

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा भाग नलिने भन्दै आन्दोलनको घोषणा गरेको छ । स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको, तीन बुंदे सहमती अनुसार संविधान संशोधन नगरिएको र पूर्व सहमति अनुसार मुद्दा फिर्ता नलिइएको भन्दै उसले आन्दोलनको घोषणा गरेको हो ।

सरकारले भने राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै केही दिन अघि मात्रै २२ स्थानीय तह थप गरेको थियो र बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । तर, गठवन्धनले आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै चुनावमा सहभागी नहुने अडान लिएको छ ।

राजपा नेपाललाई दलीय चुनाव चिन्ह दिनुपर्ने, मतदाता नामावलीमा छुटेकाहरुको नाम समावेश गर्नुपर्ने लगायतका माग पुरा भए चुनावमा जाने पनि बताएको छ ।

गठबन्धनको शुक्रबार बसेको बैठकले आफ्ना मागहरु पुरा गराउन १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने लगायतका कार्यक्रमको घोषणा गरेको छ भने १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थारुहट र लिम्बुवान बन्दको आहृवान समेत गरेको छ ।