सिरहा लगायतका विभिन्न ठाउँमा साउने मेला

724
views

महेश सिंह महतो
सिरहा, ६, साउन । सिरहा जिल्ला लगायत देशका विभिन्न भागहरुमा आज साउने मेलाको रौनक लागेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा न. ९ स्थित शिव मन्दिरमा साउनको पहिलो सोमबार भिड लागेको छ ।

साउन महिनामा भगवान शिवको आराधना र पूजा गरिने भएकोले आज धेरै महिलाहरु उपवास बस्ने चलन छ । आज शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् ।

सिराहामा भक्तजनहरु बन्दिपुर स्थित कमला नदिको उतरबाहिनीबाट जल ल्याई विभिन्न शक्ति पिठहरुमा चढाउने गर्दछन् । उतरबाहिनी नदि देखि मिर्चैया र सिरहाको आ–आफ्नो ठाउँ सम्म बोल बोम भन्दै बाटोमा कहिँ पनि कामरमा जल बोक्न बनाइएको बाँसको सामाग्री कतै नराखी शिव मन्दिरसम्म ल्याएर विधिपूर्वक जल चढाउने प्रचलन छ ।

सिराहामा उतर बाहिनिदेखि बोलबम यात्रा सुरु गर्ने वा अन्य जलासयहरुबाट बोलबम यात्रा गरिन्छ । यो सोमबार पनि सिरहाको विभिन्न शक्ति पिठहरुमा बोलबम यात्रीहरुको रौनक छ ।

बोलबम यात्रीमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको छ । सिराहाका हरेक शक्ति पिठ्हरुमा भक्तजनहरुलाइ आकर्षित र घुइँचो बनाउनको लागि विभिन्न किसिमका पुरस्करको ब्यबस्था पनि गारिएको छ ।

पुजा तथा नाच गान शिव मन्दिर मेला कमिटीका अध्यक्ष शिव कुमार महतोका अनुसार हरेक भक्तजनहरुका लागि निःशुल्क प्राथमिक उपचार लगायत तिर्थयात्रीहरुको व्यवस्था गरिएको छ ।