रोटरी अध्यक्षमा थापा, रोट्रयाक्ट अध्यक्षमा सुनार

505
views

पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औँ पदस्थापना र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १३ औँ पदस्थापना समारोह सम्पन्न भएको छ ।

२०१८÷१९ का अध्यक्ष रोटरियन बाबुराम पाठकले २०१९/२० को अध्यक्ष रो.अर्जुन थापालाई कार्यवाहक अध्यक्षताको पद हस्तान्तरण गर्दै समाजको हितका निम्ति सदैव अगाडी बढ्ने एउटा टिम बनेकोप्रति गर्व लागेको बताए ।

यस्तै रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको बर्ष २०१८/१९ की अध्यक्ष विद्या कोइरालाले बर्ष २०१९/२० की अध्यक्ष सोनु सुनारलाई अध्यक्षको पद हस्तान्तरण गरिन् । सो अवसरमा कोइरालाले वर्ष २०१९/२० को लागि सोनु सुनारको टिमलाई बधाई साथै सफलताको कामना गरिन्

क्लबका संस्थापक अध्यक्ष समिक्षा कोईराला, पूर्व अध्यक्ष अमृता पौडेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । महिलाहरुको मात्र संलग्नतामा रहेको रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल मा १० जना नयाँ सदस्यहरु थपिएका छन् ।

सोही कार्यक्रममा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेका रोट्ररी सदस्यका ६ जना छोराछोरीलाई सम्मान गरिएको क्लबका सचिव एवं कार्यक्रम संचालक दिपक पोखरेलले बताउनुभयो ।