एक निर्वाचन क्षेत्र एक सडक, फुर्सेखोला करिडोर सडकको उद्घाटन

824
views

पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ र २२ जोड्ने पक्कि ढलान बाटोको गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका ३६ निर्वाचनमा ३६ वटा सडक वनाउने निर्णय वमोजिम फुर्सेखोला करिडोर सडक बनेको वताए । उनले ३२ वटा बाटोहरु निर्माणको प्रकृयामा गई सकेको र अब ४ वटा मात्रै बाँकी रहेको जानकारी दिए

आगामी पाँचवर्षमा ३६ वटा निर्वाचन क्षेत्रमा बाटोको साथै एक घर एक धारा पु¥याउने लक्ष्य अनुसार नै प्रदेश सरकारले काम गरिरहेको बताए ।

प्रदेश सांसद राजिव पहारीले ठेक्का प्रकृयाबाट विकास निर्माणका काम सरकारले तोकेको मुल्यमा वोलकवोलबाट सस्तोमा काम गरेको जस्तो देखिए पनि उपभोक्ता समितिले गरेको काम तोकिएको भन्दा वढि र गुणस्तरीय हुने भन्दै उपभोक्ता समितिलाई जिम्मा दिनुपर्ने धारणा राखे ।

फुर्सेखोला कोरिडोर उपभोक्ता समिति पोखरा १७, २२ का अध्यक्ष डम्बरबहादुर थापा पौडेलले ४०० मिटर ढलान वाटो, ८५ मिटर नाला र २२४ थान जाली प्रयोग भएको वाटो निर्माण सम्पन्न गर्न ७३ लाख ८८ हजार लागेको जानकारी गराएका थिए ।