गौँथली वेपत्ताले पारेको पीडा (हेर्नुहोस् पुरा भिडियो)

1925
views

निर्मल पौडेल
पर्वत, ६, साउन । वियोगको पीडा कस्लाई हुँदैन र ? चर्चित लोक तथा दोहोरी गायक सुदिप क्षेत्रीलाई यतिवेला प्रेममा वियोग परेको छ ।

आफ्नी प्राण प्यारी गौँथली वेपत्ता भएपछि उनको पीडाले सवैको मन मुटु मस्तिष्कनै रननन्न भएको छ । पीडा दिएको छ । कसैको आँखामा नविजाउने निश्छल हृदयका क्षेत्री लाई वज्रपात परेपछी आफन्तीहरु र चिनेजानेका साथी सङ्गीहरु समेत भावविह्वल भएका छन् ।

संगै ज्यूँछु मर्छु भन्नेले चटक्क छाडेरे आधा मुटु चुँडेर लुम्ले काँडे हुँदै डाँडै र खोली काटेर गौँथली वेपत्ता भएपछी विचरा क्षेत्री घायल भएका छन । कुक्क कुक्क गर्दै घुक्क घुक्क रुनु रोएका छन् । वलिन्धारा आँसु पिउँदै क्षेत्री पागल भएका छन् । भक्कानिएको छाती छाम्दै पुर्पुरोमा हात राखेर वस्न वाध्य भएका छन् । तर अझै भेटिन्छनकी भन्ने झिनो आशामा कहिले फेवताल त कहिले रानीवनमा समेत गौँथली लाई खोज्दै खोज्दै भौँतारीएका छन् । कोमल मुटुमा वसेको सवैभन्दा प्रिय मान्छे मुटु लाईनै टुक्राटुक्रा पारेर चटक्क छाडेर जाँदा कस्को मन नदुख्ला र ? विवशता र वाध्यतामा छन् क्षत्री । प्रसंग तिज गीतको । पर्वते गायक तथा सञ्चारकर्मी सुदिप क्षेत्रीको तिज गीत कोशेली गौँथली वजारमा आएको छ र जताततै गुञ्जयमान छ ।

हरेक रेडियो, प्रायका मोवाईल तथा पसलहरुमा गौँथली रन्किएको छ । कर्णप्रिय स्वर तथा मार्मिक शव्दका धनी सवैका प्रिय गायक सुदिपले गौथली लाई प्रेमको प्रतिक मानेका छन् । गुँडमा भएको गौँथली भुर्र उडेर कहाँ हो कहाँ गएझैँ एउटा प्रेमी वा प्रेमिकाको दिलमा वसेको मान्छे दिलै तोडेर फरार भएको प्रसंग लाई प्रतिकात्मक ढङ्गले क्षेत्रीले गीतमा अटाएका छन् । वियोगान्तमा कलम चलाउने र वियोगका गित संगित रचना गर्ने क्षेत्रीको गौँथलीमा स्वर शव्द संगित आँफैले गरेका छन् । सुदिप लाई स्वरमा साथ चर्चित गायिका सुमधुर स्वरकी धनी सरस्वती लामिछानेले दिएकी छन् ।

डिजिटल स्टार प्रालिले वजारमा ल्याएको गौँथलीमा युवा व्यवसायी तथा मोडल नविन घिमिरे यस्तै सविना क्षेत्री अस्मिता लामिछानेको मुख्य अभिनय रहेको छ । तारानाथ आचार्यको निर्देशन, प्रमोद गुरुङको छायाङ्कन,सुवास अम्गाईले सम्पादन गरेको म्युजिक भिडियो फलानो कृयशनले पोष्ट प्रोडक्सन गरेको हो। भिडियो लाई क्षेत्रीले चर्चित गायक कृष्ण अखेलीको युट्युव च्यानल वाट सार्वजानिक गरेका छन् ।