गुल्मीमा पहिरो सकस, ४ जनाको मृत्यु, ५ बेपत्ता

762
views

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घाको भिरकुनामा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । पहिरोले तीन घर पुरिँदा घरले च्यापिएर चार जनाको मृत्यु भएको हो । पहिरोमा पाँचजना बेपत्ता भएका छन् ।

फाईल तस्विर


सोही गाउँपालिकाको वडा नम्वर ३ स्थित ठुलोलुम्पेकमा पनि पहिरो गइरहेको छ । स्थानीयका अनुसार गाउँलाई चारैतिर पहिरो गएको छ । क्षतिको यकिन विवरण आउन सकेको छैन । स्थानीयका अनुसार सोही स्थानमा दुई जनाको शव भेटिएको छ ।

पहिरोको कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी तथा नेपाली सेनालाईसमेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए ।