विल भर्पाई लुकाउँछन् मोदीका कर्मचारी–महत

1807
views

पर्वत । पर्वतको मोदी गाउँपालिकामा जनप्रतिनीधि र कर्मचारीबीच वेमेल बढेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीले विल भर्पाई लुकाएपछि गाउँपालिकाकी उपाध्यक्ष सेती महतले आर्थिक अपारदर्शिता बढेको बताएकी छन् ।

मोदी गाउँपालिकाले गत आवमा ३७ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरी कार्यान्वयन गरेको थियो । सोही बजेटबाट २४ लाख ४७ हजार रुपैयाँ कार्यालय सामान खरिदमा विनियोजन गरेको थियो । तर, सामान खरीदमा खर्चिएको रकमको विलभर्पाइ कर्मचारीले लुकाएपछि उपाध्यक्ष महतले कर्मचारीप्रति आक्रोष व्यक्त गरेकी हुन् ।

उपाध्यक्ष महतले कर्मचारीहरु २० बर्ष अघिकै शैलीबाट चलेको भन्दै संघीयता असफल बन्ने कारण नै स्थानीय सरकारमा आर्थिक असफलताको पाटो रहेको बताईन् । उनले कर्मचारीको अटेरीका कारण जनप्रतिनीधिहरुले जनताका काम गर्न नसकेको गुनासो गरिन् ।

कर्मचारीहरु दुईदशक अघिको शैलीमा छन् महतले भनिन ‘गाउँगाउँमा आएको सरकार र जनताको अपेक्षा दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।’ महतले आर्थिक अनुशासनमा जनप्रतिनीधि वेखवर हुँदा कर्मचारीको लापरवाही बढेको संकेत गर्दै कर्मचारीतन्त्रले जनप्रतिनीधि चलाउन खोजे देश नै असफल हुने बताईन् ।

महतले कार्यापालिकाको निर्णय अनुसार कर्मचारीले विकास बजेटलाई सही रुपमा कार्यान्वयन गरेपनि कार्यालय सञ्चालनदेखी मसलन्द खर्चमा कर्मचारीप्रति जनप्रतिनीधिले शंका गर्नुपर्ने प्रयाप्त ठाउँ रहेको बताइन् ।

गाउँपालिकामा जनप्रतिनीधीले लगाएका तोकादेशलाई कर्मचारीले वेवास्था गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।