१५ लाख बराबरको राहत वितरण

968
views

रौतहट । रौतहट, महोत्तरी हुँदै सप्तरीसम्म मधेसका बाढीपीडितलाई तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्वारा राहत वितरण गरेका छन् ।

बाढीपीडित परिवारहरुको दुखमा सानो भएपनि साथ र सहयोग पुगोस् भनेर मानवियता र सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको परोहा नगरपालिका, धनुषा, महोत्तरी, सप्तरीको तिलाठी कोलाडिमा राहत बितरण गरियो ।

राहत सामग्री स्वरुप चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन समेत गरि झन्डै १५ लाख बराबरको राहत वितरण गरियो । राहत वितरणमा नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाही, नेबि संघ का पुर्व केन्द्रिय अध्यक्ष एवं पुर्व सभासद रन्जित कर्ण, नेपाली कांग्रेस सप्तरीका सचिव रामकुमार यादव, तरुण नेताहरू नौसाद आलाम, सुदेस ढुंगाना मनराज शाही लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।