जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

448
views

बैतडी । बैतडीको खोडपेमा आज बिहान यात्रुवाहक जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको यात्रुवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीले जानकारी दिए ।

दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय हिक्मत सामन्त साउद० र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन् । जिप सडकबाट ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।